काठमाडाैँ। आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले मस्र्याङदीलाई १३–८ ले पराजित ग¥यो। रेडियन्टका लागि सेजल रोक्काले ६ अंक जोडिन्।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले सेबलाई २०–१५, विस्डमले एआईलाई २५–२ र ग्रिनफिल्ड नेसनल स्कुलले आयोजक रेडियन्टलाई १६–१३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। इबीएका उज्ज्वल राउतले ६, विस्डमका अंकित कार्कीले ८ र ग्रिनफिल्डका अजय मगरले ६ स्कोर गरे।
सिनियर ब्वाइजमा आयोजक रेडियन्ट ‘ए’ ले माउन्ट ग्लोरीलाई ४९–१० तथा सभ्यता आनन्दकुटीलाई १२–८ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए। रेडियन्ट ‘ए’ का नन्दन बस्नेतले १२ तथा सभ्यताका प्रज्ज्वल घलानले ४ अंक बटुले।
सिनियर ब्वाइजमै लिग चरणको अर्को खेलमा आयोजक रेडियन्ट ‘बी’ ले एलआरआईलाई १६–११ ले पन्छायो। विजेताका रिदिज मोक्तानले ११ अंक जोडे।
