रोनाल्डोको चकित पार्ने ओभरहेड गोल


काठमाडौँ। साउदी प्रो लिगमा अल नासरले आइतबार राति घरेलु मैदान अल-अव्वल पार्कमा अल खलिजलाई ४–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

नासरका लागि जोआओ फेलिक्स, वेलेसी, साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे। खलिजका लागि भने मुर्द अल हवासीले एक गोल फर्काए।

नासरले खेलमा पूर्ण दबदबा जमाउँदै पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गर्न सफल भयो। खेलको अन्तिम चरणमा रोनाल्डोले इन्जुरी समयको अंतिम मिनेटमा गरेको ओभरहेड बाइसाइकल गोलले दर्शक र प्रशंसकलाई रोमाञ्चित बनायो।

जितसँगै अल नासरले ९ खेलमा ९ जित दर्ता गर्दै तालिकाको शीर्षस्थान मजबुत बनाएको छ। जारी सिजनमा नासरले आफ्नो विजयी यात्रा लगातार नौ खेलसम्म कायम राखेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको