प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु


काठमाडाैँ। प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गल्र्समा २ गरी १४ खेल सम्पन्न भए। सिनियर ब्वाइजमा इभरेष्ट फ्लोरिडाले अल्बर्टलाई ४९–१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३–२३, श्रृजनशीललाई ३३–८, काठमाडौं इङलिस स्कुल (केइएस) ले स्पाङ्गललाई २२–१७, हेम्सले एसियनलाई ३३–१४ र मार्वलसलाई ३९–२२ तथा अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५–५ ले पराजित गरे।

जुनियर ब्वाइजमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१–१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४–८, हेम्सले चैतन्यलाई १८–११ र सनसाइनले मार्वलसलाई २१–११ ले हराए। सिनियर गल्र्समा काठमाडौं जेभियर्सले चैतन्यलाई २९–१६ र केइएसले सनसाइनलाई २६–१८ ले पाखा लगाए।

प्रतियोगिताको बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे। प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमको सहभागिता रहेको आयोजक प्याब्सन मध्य क्षेत्रीयका अध्यक्ष धनप्रसाद सुब्बाले जनाएका छन्।
प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भइरहेको छ। फाइनल मंसिर १३ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको