पोर्चुगल विश्वकपको फाइनलमा


काठमाडौँ। ब्राजिललाई सडन डेथमा रोमाञ्चक तरिकाले हराउँदै पोर्चुगल फिफा यू–१७ पुरुष विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

सोमबार राति कतारको दोहास्थित एस्पायर जोन (पिच–७) मा सम्पन्न दोस्रो सेमिफाइनलमा पोर्चुगलले ब्राजिललाई ६–५ ले पराजित गर्‍यो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको खेलमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

टाइब्रेकरमा पुगेको खेल सडन डेथसम्म पुगेपछि पोर्चुगलले अन्ततः जित आफ्नो पक्षमा पार्‍यो।

अब पोर्चुगलले उपाधिका लागि आगामी बिहीबार अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ। पोर्चुगल यो उमेर समूहमै पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो।

यसअघिको पहिलो सेमिफाइनलमा अस्ट्रियाले इटालीलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको