राखेप सदस्य–सचिवको बिदाइ


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य–सचिव टंकलाल घिसिङलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेको छ।

२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य–सचिव घिसिङलाई चार वर्षे कार्यकाल पूरा गरेकोमा बिदाइ गरिएको हो। सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो। साथै मिसन– २०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो।

सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।

सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूदपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए। त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्य–सचिव घिसिङलाई बिदाइ गरेको थियो। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको