ला लिगा : बार्सिलोनाको विजयी यात्रा जारी


काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा विजयी यात्रा जारी राखेको छ।

जिरोनाको घरेलु मोन्टिलिभी रंगशालामा मैदानमा आइतबार राति भएको खेलमा पाुहना टोली बार्सलिोनाले ४–१ गोल अन्तरको सहज जित हासिल गरेको छ।

स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको यो लगातार पाँचौं जित हो। योसँगै बार्सिलोनाले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित जिरोना समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।

बार्सिलोनालाई जित दिलाउन लामिन यमलले दुई तथा ड्यानी ओल्मो र पेड्रीले समान एक गोल गरे। जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए।

खेलको ३०औं मिनेटमा यमलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। सात मिनेटपछि यमलले नै व्यक्गित तथा टोलीका लागि तेस्रो गोल गरे।

दोस्रो हाफ सुरुआतमै ओल्मोले टोलीका लागि तेस्रो गोल गरे। ६४औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोन ४–० को स्थितीमा पुग्यो।

स्टुआनीले ८०औं मिनेटमा गरेको गोल जिरोनाका लागि सान्त्वना बन्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको