यू-१७ एसियन कप छनोट : सबै खेलमा पराजित नेपाल अंकविहीन


काठमाडौं। एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगितामा सबै खेलमा पराजित नेपाल अंकविहीन बनेको छ। समूह ‘जी’ मा रहेकाे नेपाल आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग २-० ले पराजित भएकाे थियाे।

याङ्गुनस्थित थुवुन्ना रंगशालामा नेपालमाथि अफगानिस्तानले दुबै हाफमा एक-एक गोल गर्यो। अफगानिस्तानको जितमा मेहरान अलीले २४औँ र यासीन नूरजाहीले ६७औँ मिनेटमा गोल गरे।

यसअघि नेपालले सिरियासँग ४-२, म्यानमारसँग ४-० र ओमानसँग ५-० को हार बेहोरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको