जनकपुरको पहिलो जित


काठमाडौ। अनिल कुमार शाह र माज सदाकतको अर्धशतकको सहयोगमा सावित विजेता जनकपुर वोल्ट्सले पहिलो जित दर्ता गरेको छ। जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।

चितवनले दिएको १७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

जनकपुरको जितमा सदाकतले सर्वाधिक ६३ रन बनाए।उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै, ३६ बलमा चार चौका र ३ छक्काको सहयोगमा अनिलले ६१ रन बनाए। यस्तै, आदित्य महताले १८ रनको योग्दान दिए।

यता, चितवनका लागि सोहिल तानविर, कमल ऐरी र अमर राउटेलाले समान १ विकेट लिए।

जितसँगै जनकपुरले पाँच खेलमा पहिलो २ अंक जोडेको छ। पराजित चितवनले भने समान पाँच खेलबाट तेस्रो हार व्यहोर्नुपरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको