काठमाडौँ। कर्णाली याक्सलाई ३४ रनले हराउँदै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो।
कर्णालीको लागि ओपनर मार्क वार्टले अर्धशतक बनाए। उनले ३४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए। यस्तै, नाजबुल्लाह ज्याद्रनले २४, प्रियांक पञ्चले १६ तथा कप्तान सोमपाल कामीले १३ रन बनाए।
यता, पोखरा रिसी धवान र धनञ्जय लक्ष्मणले तीन विकेट हात पारे। कप्तान कुशल भुर्तेल, किरण ठगुन्न र सन्दीप क्षेत्रीले एक विकेट लिए।
जितसँगै पोखराले दोस्रो जित दर्ता गरेको छ। पराजित कर्णाली प्ले अफ दौडबाट बाहिरिएकाे छ।


