एनपिएलमा आज दुई खेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिहान ११:४५ बजे भिड्नेछन्। दुवै टिम प्लेअफमा पुगिसके पनि स्थान निर्धारणका लागि आजको खेल महत्वपूर्ण रहनेछ।

सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर सुरक्षित गरिसकेको छ। विराटनगर भने हाल तेस्रो स्थानमा छ। आज ठूलो अन्तरले जित निकाल्न सके विराटनगर अंक तालिकामा दोस्रो हुँदै सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ।

त्यस्तै दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स दिउँसो ३:३० बजे आमनेसामने हुनेछन्। दुवै टोली प्लेअफ दौडबाट पहिले नै बाहिरिइसकेकाले यो खेलले प्रतियोगिताको समग्र तालिकामा खासै प्रभाव पार्ने छैन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको