एनपिएलमा आज बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै


काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आज लिग चरणको अन्तिम खेल हुँदैछ।

कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ।

कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन्। कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६/६ खेलमा १/१ खेल जितेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्।

कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो।

जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको