सेल्टासँग रियल स्तब्ध, उपाधि यात्रामा धक्का


काठमाडाैँ। नौ खेलाडीमा सीमित रियल मड्रिड स्पेनिस ला लिगामा पराजित भएकाे छ।

आइतबार रति रियलकाे घरेलु मैदान सान्टियागाे बर्नाबाउमा सम्पन्न खेलमा पाहुना टाेली सेल्टा भिगोको हातबाट रियल २–० ले स्तब्ध भयाे।

सेल्टाकाे जितमा दुवै गोल विलिट स्वेडबर्गले गरे। उनले ५४औं मिनेटमा पहिलो गोल गरे र दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे।

जारी लिगमा रियल १६ खेलबाट ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा छ चने शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी बढाएकाे छ। सेल्टा भने १९ अंकमा दोस्रो स्थानमा उक्लेको छ।

आइतबारका अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले पराजित गर्‍यो भने भ्यालेन्सिया र सेभियाले १–१ को बराबरीमा चित्त बुझाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको