काठमाडौँ। विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक एनपिएलको फाइनलमा प्रवेश गरेको छ।
सुदूरपश्चिमले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सक्यो।
जितसँगै सुदूर उपाधि नजिक पुगेको छ। पराजित विराटनगरले भने इलिमिनेटरको बिजेतासँग खेल्नेछ। इलिमिनेटर बुधबार लुम्बिनी लायन्स र काठमान्डू गोर्खाजबीच खेल हुँदैछ।
विराटनगरका ओपनर फाफ डु प्लेसिसले २९ बलमा सर्वाधिक ३६ रन बनाए। बसिर अहमदले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन्न।
यता, सुदूरका हर्मित सिंह, स्कट कुग्ल्याने र अविनाश बोहराले समान २ विकेट लिए। हेमन्त धामी र कप्तान दिपेन्द्र सिंह ऐरी समान एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएका थियो।
सुदूरका विनोद भण्डारीले ६३ रन बनाए। उनले ५२ बलमा ३ चौका र दुई छक्का प्रहार गरे। आरिफ शेखले १३ बलमा २० रनको योग्दान दिए।
यस्तै, शेल्डन ज्याक्सनले ११ बलमा २० रन, हर्मित सिंह १४, इशान पाण्डे १३ रन बनाउँदा मुख्तार अहमद १० रन बनाएर आउट भए।
यता, विराटनगरका प्रतिश जिसी र मार्चेन डे लिङ्गाले समान २, सुर्य तामाङ र साम हेज्लेटले समान एक विकेट लिए।


