सत्यसाइ र सेबको जित


काठमाडाैँ। सत्यसाइ र सेबले १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन्। सत्यसाइले नेक्ससलाई ३१–२२ तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले पराजित गरे।

सिनियर गल्र्समै त्रिज्योतिले एलएलाई २८–२०, बेलमोन्टले साम्तेनलाई २६–२४, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २०–१० र आयोजक भ्याली पब्लिक ‘बी’ ले सेन्ट लरेन्सलाई २२–१५ ले हराए।

सिनियर ब्वाइजमा बागमतीले ह्वाइटफिल्डलाई ३९–२८, डा. मेमोरियलले रोजमेरीलाई ३८–२५, भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई ४९–२६, क्यान्भासले एलएलाई ३१–२२ र हेराल्डले सेन्ट लरेन्सलाई ३४–२७ ले पाखा लगाए।

जुनियर ब्वाइजमा गण्डकीले एसियनलाई २०–१४, त्रिज्योतिले सेबलाई २२–२०, फेरिल्यान्डले ज्ञानसंस्कारलाई २६–१४, सेन्ट जोसेफले क्यान्भासलाई १८–१४ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले एनसीसीएसलाई २३–१५ ले पन्छाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको