काठमाडाैँ। साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल पोखरा पहिलोपटक पोखरामा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले च्याम्पियनसिप आगामी माघ १५ (जनवरी २९) देखि पोखरामा हुन लागेको जानकारी दिए।
सोहि प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मंगलबार पोखरा रंगशालाको अवलोकन गरेका थिए।
अवलोकनपछि च्याम्पियनसिप माघ १५ गतेदेखि गर्ने निर्णयमा पुगेको एन्फा महासचिव राईले जानकारी दिए। एन्फाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजन ागर्न लागेको राईले बताए।


