पुष्पसदनको दुई जित


काठमाडौं। पुष्पसदनले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार दुई खेलमा जित हात पारेको छ।

मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई ३५–२७ ले पराजित ग¥यो। जिल्ला प्याब्सन, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य खेलमा टीआईएले भ्याली भ्युलाई ४८–३०, भ्याली भ्युले फेरिल्यान्डलाई ३४–२४ र स्किब्सले विभूतिलाई १५–१२ ले हराए।

यससंगै प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार प्रिक्वाटरफाइनलका खेल हिमरश्मि स्कुलमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको