ह्वाइट हेभेन र वेदव्यासलाई उपाधि


काठमाडाैँ। ह्वाइट हेभेन एकेडेमी र वेदव्यासले नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्। ह्वाइट हेभेन सिनियर ब्वाइज तथा वेदव्यास जुनियर ब्वाइजमा पहिलो भएका हुन्।

टिम अफ प्रोसेभिस स्कुल (टोप्स) को आयोजनामा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा संस्कृति शिक्षा सदन दोश्रो तथा स्वेता सदन तेश्रो भए। जुनियर ब्वाइजमा निम्बल दोश्रो तथा ल्यान्डमार्क एकेडेमी तेश्रो बने।

सिनियर ब्वाइजमा विवेश वर्देवा उत्कृष्ट खेलाडी, पल्लभ थापा उत्कृष्ट गोलरक्षक, कविरजंग पाण्डे सर्वाधिक स्कोरकर्ता र सविन ढकाल उत्कृष्ट प्रशिक्षक भए। कविर स्वेता सदनका हुन् भने बाँकी सबै ह्वाइट हेभेनका हुन्।

जुनियर ब्वाइजमा ल्यान्डमार्कका एलेक्स लामा उत्कृष्ट खेलाडी, वेदव्यासका विहान क्षेत्री उत्कृष्ट गोलरक्षक, वेदव्यासका इशान महरा सर्वाधिक गोलकर्ता र वेदव्यासका विजय गुरुङ उत्कृष्ट प्रशिक्षक बने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको