लुम्बिनीलाई ११२ रनकाे विजयी लक्ष्य


काठमाडाैँ। इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनकाे विजयी लक्ष्य प्रस्तुत गरेकाे छ।

त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेकाे काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनायाे।

खराब सुरुआत गरेकाे काठमान्डूले पावरप्लेमै ५ विकेट गुमाएर २९ बनाएकाे थियाे। काठमान्डूका सन्ताेष यादवले सर्वाधिक २३ रन बनाए।

महाेमद आदिल आलम र जाेन सिम्सनले समान १८ रन बनाए। यस्तै, भिम सार्की १४, कप्तान करण केसीले ९ रन बनाए।

लुम्बिनीका शेर मल्ल र कप्लेतान राेहित कुमार पाैडेलले समान ३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २, अभिषेक गाैतम १ विकेट लिए।

यस खेलकाे विजेताले फाइनल प्रवेशकाे लागि विराटनगर किंग्ससँग बिहिवार खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको