काठमाडाैँ। १९ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले हिमशिला, बोधीसदनले क्यान्भास, हेम्सले ग्रिनल्यान्ड, जेनियस वल्र्डले राजन मेमोरियल, न्युटनले रेडियन्ट, बागमतीले स्कोलर्स होम, टीआईएले किङडम हिमालय र हेराल्डले जेबी स्कुलको सामना गर्ने छन्।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ ले क्यान्भास, बागमतीले एन्जल्स नेसनल, हिमशिलाले केभीकेएसस, त्रिज्योतिले विद्या विकास, साम्तेनले सेब, फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए), न्युटनले जेबी स्कुल र भ्याली पब्लिक ‘बी’ ले सत्यसाइ विरुद्ध खेल्ने छन्।
जुनियर ब्वाइजमा त्रिज्योतिले गण्डकी, इबीएले फेरिल्यान्ड, ग्रिनफिल्डले सेब, गोल्डेनपिकले किङडम, ओडिसीले न्युटन, एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए), लालीगुराँस नेसनल एकेडेमीले तेजस्वी र पारामाउन्टले भ्याली पब्लिकसंग प्रतिस्पर्धा गर्ने छन्।


