एनपिएल : फाइनल पुग्न विराटनगर र लुम्बिनी भिड्दै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दोस्रो क्वालिफायर अन्तर्गतको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउँसो ४ बजेदेखि खेल हुँदैछ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएर दोस्रो क्वालिफायर खेल्न लागेको हो भने लुम्बिनीले इलिमिनेटरमा काठमान्डू गोर्खाजलाई पराजित गरेर दोस्रो क्वालिफायर खेल्न लागेको हो।

विराटनगर लुम्बिनीसँग ७७ रनले पराजित भएको थियो भने लुम्बिनीले ४ विकेटको जित हात पारेको थियो। यस अघि लिग चरणको खेलमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो।

लुम्बिनी आज पनि साेहि लय दाेहाेर्याउन दाउमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको