च्याम्पियन्स लिग : रियलमाथि सिटीको जित


काठमाडौँ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ।

रियलको घरेलु मैदान इस्टाडियो बर्नाबेउमा बुधबार राति सम्पन्न खेलमा सिटीले रियललाई २-१ ले पराजित गरेको हो।

सिटीको जितमा नीको ओरेइली र इर्लिंग हालाण्डले एक एक गोल गरे। रियलका लागि रोड्रीगोले एक गोल गरे।

जितपछि सिटीको ६ खेलमा १३ अंक भएको छ। रियलको समान खेलबाट १२ अंकसहित सातौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको