विराटनगरलाई १३५ रनको लक्ष्य


काठमाडौँ। जारी नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।

लुम्बिनीका ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए। यस्तै, कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाए।

यता, विराटनगरका सुवाष भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने २ विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको