स्वीकृतलाई रजत

काठमाडौं। दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका छन्।

स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए। समूह चरणमा स्वीकृतले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए।

सेमिफाइनलमा स्वीकृतले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए। फाइनलमा स्वीकृत चाइनिज ताइपेईंसंग २–३ ले चुके।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको