काष्ठमण्डप सेमिफाइनलमा


काठमाडाैँ। आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले संस्कृतिलाई ३१–७ को फराकिलोअन्तरले पराजित ग¥यो। गल्र्समै द एक्सेल्सियर स्कुल, मातृभूमि, काठमाडौं मेरिडियन, दीक्षालय, काष्ठमण्डप ‘बी’ र इम्पेरियल वल्र्ड क्वाटरफाइनलमा पुगे।

ब्वाइजमा काष्ठमण्डप ‘बी’, टीआईए, कान्तिपुर, मातृभूमि, काष्ठमण्डप ‘ए’ बूढानीलकण्ठ, मल्पी सिटी र रिलायन्स को–एडले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

फुटसल
फुटसलको सिनियर ब्वाइज र गल्र्समा सेमिफाइनल समीकरण तयार भएको छ। जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले मातृभूमि तथा काष्ठमण्डप ‘ए’ ले वेदव्याससंग सेमिफाइनल खेल्ने छन्। गल्र्समा रातो बंगलाले वेदव्यास तथा ग्यालेक्सी पब्लिक स्कुलले एभीएम विरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

जुनियर ब्वाइजको क्वाटरफाइनलमा एक्सेल्सियर र मातृभूमि, पुष्पाञ्जली र लिटिल वन्डर, काष्ठमण्डप ‘ए’ र काठमाडौं प्रज्ञाकुञ्ज तथा ग्यालेक्सी र विद्यावाणीबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको