संयोगलाई यिन्हेको साथ


काठमाडौँ। चीनको अग्रणी टेबलटेनिस ब्रान्ड मध्ये एक यिन्हे स्पोटर्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ।

नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता दुई वर्षका लागि कायम रहने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन्।

सम्झौता अन्तर्गत, यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको