काठमाडाैँ। आयोजक मातृभूमि स्कुल ‘ए’ दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।
मातृभूमि ‘ए’ ले काठमाडौं वल्र्ड स्कुललाई ५७–२९ ले पराजित ग¥यो। मातृभूमि ‘ए’ का आरभ जोशीले १६ अंक जोडे। ब्वाइजकै अर्को लिग खेलमा इनोभेटिभले बौद्ध इन्टरनेसनल स्कुललाई ५१–३९ ले हरायो। इनोभेटिभका पृथ्वी डगौराले २७ स्कोर गरे।
गल्र्समा केएमसी र काष्ठमण्डपले सेमिफाइनलमा स्थान सुरक्षित गरे। केएमसीले बौद्ध इन्टरनेसनललाई ३२–२२ ले पाखा लगायो। केएमसीकी अकृषा घिमिरेले २४ अंक जोडिन्। काष्ठमण्डपले इनोभेटिभलाई ३६–१५ ले पन्छायो। काष्ठमण्डपकी कस्वीले १३ स्कोर गरिन्।
गल्र्समा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा काष्ठमण्डपको भेट बौद्ध चिल्ड्रन हेभेन स्कुलसंग हुनेछ भने मातृभूमिले चेल्सी वल्र्ड स्कुलको सामना गर्ने छ।


