एपीएफविरुद्ध पहिलो हाफमा ईस्ट बंगाल २–० ले अघि


काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालको एपीएफ एफसी भारतीय क्लब ईस्ट बंगाल एफसीविरुद्ध परेको छ।

पहिलो हाफको समाप्तिमा एपिएफविरुद्ध ईस्ट बंगालले २–० को अग्रता बनाएको हो।

खेलको २२औँ मिनेटमा ईस्ट बंगालको लागि कप्तान फाजिला इक्वापुतले गोल गर्दै १–० को अग्रता दिलाइन्। ३५औँ मिनेटमा सिल्कीदेवी हेमामकाे गोलमा ईस्ट बंगालले २–० को अग्रता बनायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको