काठमाडाैँ। आयोजक मातृभूमिको ‘ए’ र ‘बी’ टिम दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ।
मातृभूमि ‘ए’ ले इनोभेटिभलाई ४८–३९ ले पराजित ग¥यो। विजेताका सक्षम महर्जन र आभास रावतले समान १४ अंक जोडे। अर्को सेमिफाइनलमा मातृभूमि ‘बी’ ले काठमाडौं वल्र्ड स्कुललाई ५५–५२ ले हरायो।
गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल र चेल्सी वल्र्ड स्कुल उपाधिका लागि भिड्ने भएका छन्। बौद्ध चिल्ड्रेनले काष्ठमण्डप विद्यालयलाई ४५–१५ ले सहजै पाखा लगायो । बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १७ स्कोर गरिन्। चेल्सीले मातृभूमिलाई ३२–२४ ले पन्छायो। चेल्सीकी तेन्जिङ कुसाङ शेर्पाले २० अंक जोडिन्। फाइनल आइतबार हुनेछ।


