काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
आइतबार क्यानले विनोद भण्डारीसहित शेर मल्ललाई समेट्दै २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो।
बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरूमा (कप्तान) रोहित पौडेल, (उपकप्तान) दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, भीम सार्की, नन्दन यादव, गुशलन झा, प्रतिश जिसी, विनोद भण्डारी, साहब आलम, बसिर अहमद, रुपेश कुमार सिंह, आरिफ शेख, आसिफ शेख, लोकेश बम, सन्दीप लामिछाने, कुशल भुर्तेल, अविनाश बोहरा, ईशान पाण्डे, कुशल मल्ल, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा र आदिल अन्सारी रहेका छन्।
क्यानका अनुसार बन्द प्रशिक्षण पुस ७ गतेबाट सुरु हुनेछ।
हालै एनपीएलमा भएको प्रदर्शनका आधारमा पनि बन्द प्रशिक्षणमा खेलाडीले स्थान बनाएका छन्। फेब्रुअरी ७ तारिखदेखि सुरु हुने विश्वकपमा नेपाल समूह सीमा रहेको छ। नेपालले सबै खेल मुम्बइमा खेल्ने छ।


