शीर्षमा बायर्नलाई नौ अंककाे अग्रता


काठमाडाैँ। जर्मन बुंडेसलिगाको शीर्षमा बायर्न म्युनिकले आफ्नो पकड अझ बलियो बनाएको छ।

भोइथ एरिनामा आइतबार राति सम्पन्न खेलमा बायर्नले हेडनहेमलाई ४–० ले पराजित गरेको हाे। बार्यनका लागि केनसँगै जोसिप स्टानिच, माइकल ओलिस र लुइस डिजाजले एक एक गोल गरे।

ह्यारी केनको कप्तानीमा मैदानमा उत्रेको बायर्नले पहिलो स्थानमा आफ्नो अग्रतालाई नौ अंक पुर्‍याएको छ। १५ खेलबाट ४१ अंक पुगेकाे छ।

समान खेलबाट बोरुसिया डर्टमुन्डको ३२, बायर लेभरकुजनको २९ र आरबी लाइपजिगको २९ अंक छ। हेडनहेम भने ११ अंकमा १७ औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको