काठमाडाैँ। इंङ्लिस प्रिमियर लिग अन्तर्गत १७औँ साताकाे खेलमा म्यान्चेस्टर युनाइटेड पराजित भएकाे छ।
भिल्ला पार्कमा आइतबार राति सम्पन्न खेलमा युनाइटेड २–१ ले पराजित भएकाे हाे।
भिल्लाककाे जितमा माेर्गन राेजर्सले दुवै गाेल गरे। खेलकाे ४५औं मिनेटमा रोजर्सले गाेल गर्दै सुरुआती अग्रता दिलाएका थिए। युनाइटेडकाे लागि म्याथियस कुन्याले गरेकाे गाेल सान्त्वना बन्याे।
जितसँगै लगातार १०औं जित निकालेको भिल्ला तेस्रो स्थानमा छ। भिल्ला शीर्ष स्थानको आर्सनलभन्दा तीन अंक पछाडि छ। भिल्लाले पछिल्ला १२ लिग खेलमध्ये ११ जित निकालेको छ। यता समान खेलबाट २६ अंक रहेकाे युनाइटेड साताैँ स्थानमा छ।


