काठमाडौं। युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ। बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ।
दशौं राष्ट्रिय खेलकुद संगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिस गर्ने तथा तयारी सम्वन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ।
यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालु आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय व्यय पास गरेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोवाटोमा ‘जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ।
बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ। बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आर्चाय, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो।


