एनभीए भलिबल च्याम्पियनसिप : पुलिस र आर्मीको विजयी सुरुआत


काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’को आफ्नो पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो।

पहिलो खेलमा नेपाल पुलिस क्लब महिला टिमले सुदूरपश्चिम प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो। पुलिसले २५-१०, २५-६ र २५-११ ले आफ्नो पक्षमा पार्न सफल भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको