आर्मीलाई लिनिङ बास्केटबल उपाधि


काठमाडौं । त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित ग¥यो।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो।

आर्मी र सोलोसंगै सेमिफाइनल पुगेका रोयल स्पोर्ट्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोश्रो सिजनका लागि छनोट भए।

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन्।

एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको नेपाल बास्केटबल संङका अध्यक्ष भिम सिंह गुरुङले जनाएका छन्। ‘यसअघि बास्केटबल लिग ग¥र्यौ। यसपटक लिगका लागि छनोट नै ग¥र्यौैँ। अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलका शीर्ष ४ टोलीसहित ८ टोलीले लिग खेल्ने छन्।’ अध्यक्ष गुरुङले भने– ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो।’

विजेतालाई अध्यक्ष गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको