काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सम्पन्न समूह ‘बी’ को खेलमा मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो।
जितसँगै समूह विजेता बनेको पुलिसले शतप्रतिशत नतिजा निकाल्दै ८ अंक पुर्याएको छ। समान ३ खेलबाट ७ अंक जोडेको एपीएफ उपविजेता बन्यो। पराजित मधेश भने जितविहीन रह्यो। सुदूरपश्चिम प्रदेशले ३ अंक हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो।
आर्मी भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसले पहिलो सेट २५–३ ले सहजै आफ्नो पक्षमा पार्यो। त्यसपछिका दुई सेट २५–८ र २५–९ ले जित्न पुग्यो।


