काठमाडौँ। न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्यम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेको कभर्डहलमा सम्पन्न फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई डायमण्डले ३–० सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१८, दोस्रो २५–१९ तेस्रो २५१८ ले जित हासिल गर्दै उपाधि जितेको हो। यो सँगै डायमण्डले पाँच लाख पाएको छ भने पुलिसले दुई लाख ५० हजारमा चित्तबुझाइको छ।


