स्पेनिस सुपर कप उपाधिका लागि बार्सा–रियल भिड्दै


काठमाडौं । स्पेनिस सुपर कपको उपाधिका लागि आज राति विश्व फुटबलको बहुप्रतीक्षित ‘एल क्लासिको’ हुँदैछ। बार्सिलोना र रियल मड्रिड साउदी अरेबियाको जेद्दामा फाइनल खेलमा आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

सेमिफाइनलमा बार्सिलोनाले एथलेटिको बिल्बाओलाई ५–० ले पराजित गर्दै सहजै फाइनल पुगेको थियो। रियलले भने एटलेटिको मड्रिडलाई २–१ ले हराउँदै उपाधि दौडमा स्थान बनाएको हो।

फाइनलअघि रियलका स्टार खेलाडी केलियन एम्बाप्पेको सहभागिता अझै अनिश्चित छ। चोटका कारण ढिलो साउदी पुगेका एम्बाप्पे फिट भएमा मैदान उत्रिने सम्भावना बलियो देखिएको छ। फ्रेन्च स्ट्राइकरले बार्सिलोनाविरुद्धको पछिल्ला ९ खेलमा १२ गोल गरिसकेका छन्।

एम्बाप्पे खेल्ने वा नखेल्ने निर्णयले एल क्लासिकोको नतिजामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको