लालिगुराँसले जावलाखेललाई हरायो


काठमाडौं। लालिगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिगमा सुखद् सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पोखराको‍ लालिगुराँसले ‘ए’ डिभिजन लिग क्लब जावालाखेल युथलाई १–० ले पराजित गरेको हो।

लालिगुराँसको जितमा राजले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै लालिगुराँसले ३ अंक प्राप्त गरेको छ। खेलको सुरुआती दोस्रो मिनेटमै लछु थापाले हानेको फ्रिकिकलाई राजले गोलमा परिणत गर्दै लालीगुराँसलाई अग्रता दिलाए। यही गोल खेलको निर्णायक गोल बन्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको