अन्तर्राष्ट्रिय क्योकुशिनकाईमा एफआईकेकेमा देशार, मोक्तान र नापितले जिते स्वर्ण


काठमाडौं। ईन्टरनेसन क्योकुशिनकाई कराँतेमा नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराते एसोसियसन (एफआईकेके) ले उच्च सफलता हासिल गरेको छ। भारतको आसाममा सम्पन्न प्रतियोगितामा सहभागी ५ जनै खेलाडीले राम्रो नतिजा ल्याएका छन्।

प्रतियोगितामा समर्पण देशार, अर्पित मोक्तान र बर्षन नापित आआफ्नो विधामा पहिलो स्थान हात पार्दै स्वर्ण जितेका छन्। सिनियर कातामा समर्पण देशार प्रथम भएका छन्। यसैगरी अर्फित मोक्तानले ५५ केजी तौल समूहमा पहिलो भएका छन्।

यसैगरी वर्षन नापित ५० केजी तौल समूहमा प्रथम हुँदा सोही समूहमा संगीतकुमार श्रेष्ठ र निर्जल लुङ्गेली तेस्रो स्थान हात पारे।

प्रतियोगितामा प्रशिक्षक एवं ब्रान्च चिफ केशव देशारको नेतृत्वमा रेफ्री र खेलाडी गरी आठ सहभागी भएको नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराते एसोसियसन (एफआइकेके) ले जनाएको छ।

सफलता हात पारको टोलीलाई प्रशिक्षक राम ब्यञ्जनकार, एसोसीयसन अध्यक्ष रमेश पहारीले यो सफलताको हार्दिक बधाई दिए। साथै ब्रान्च चिफ केशव देसारले सबैको शुभेच्छा र खेलाडीको मेहेनतले सफलता पाएको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको