एन्फा निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश


काठमाडौं। माघ २८ गते झापामा हुने तय अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन उच्च अदालत पाटनले रोकिदिएको छ।

आइतबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले अन्तिम टुंगो नलागेसम्म निर्वाचन सम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

अदालतले २०७९ मा निर्वाचित कार्यसमितिको कार्यकाल बाँकी रहेको अवस्थामा अर्ली इलेक्सन गर्नु उचित नदेखिएको ठहर गरेको छ। एन्फा उपाध्यक्ष विराटजंग शाहीसहित तीन जनाले दायर गरेको रिटमा अदालतले माघ ६ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसअघि पनि अदालतले निर्वाचनका सबै कार्यक्रम तत्काल रोक्न आदेश दिएको थियो। राष्ट्रिय खेलकुद परिषद् राखेपलेसमेत संशोधनपछि मात्रै निर्वाचन गर्न निर्देशन दिएको भए पनि एन्फाले उम्मेदवारी मनोनयन प्रक्रिया अघि बढाइसकेको छ।

जसमा शनिबार पंकज नेम्वाङ र कुमार केसीले अध्यक्षको लागि उम्देवारीसमेत दर्ता गराएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको