काठमाडौं। जर्मन बुन्डेसलिगा अन्तर्गत सम्पन्न खेलमा एफसी बायर्न म्युनिख घरेलु मैदानमै एफसी अग्सबर्गसँग २–१ ले पराजित भएको छ। अग्रता लिए पनि दोस्रो हाफमा दुई गोल खाँदै बायर्नले अप्रत्याशित हार बेहोर्यो।
खेलको २३औँ मिनेटमा हिरोकी इतोले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा अग्सबर्गले उत्कृष्ट पुनरागमन गर्यो। ७५औँ मिनेटमा आर्थर चाभेसले बराबरी गोल गरे भने ८१औँ मिनेटमा हान–नोआ मासेन्गोले निर्णायक गोल गर्दै अग्सबर्गलाई जित दिलाए।
खेलको अन्तिम क्षणसम्म बायर्नले बराबरीका लागि दबाब बनाए पनि माइकल ओलिसेको प्रहार क्रसबारमा लाग्दै फर्कियो र बायर्न हार टार्न असफल रह्यो।
यस हारका बाबजुद बायर्न म्युनिख १९ खेलबाट ५० अंकसहित बुन्डेसलिगाको शीर्ष स्थानमा यथावत रहेको छ।


