काठमाडौं। न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा लगातार तेस्रो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको हो।
जितसँगै एनआरटीले चार खेलबाट ९ अंक पुर्याएको छ। यता फ्रेन्ड्सको भने समान खेलबाट ४ अंक छ।
एनआरटीको जितमा एक मात्र गोल आशिष गुरुङले गरे। उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए।
तपाईको प्रतिक्रिया !!!


