ल्यान्डमार्क र जेबी विजयी


काठमाडौं। ल्यान्डमार्क एकेडेमी र जेबी स्कुलले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सफलता पाएका छन्।

टोखा नगरपालिकाको मिलन टोलस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल ९केभीकेएसएस० मा भइरहेको प्रतियोगितामा ल्यान्डमार्कले ग्रिनल्यान्डलाई २६–१५ तथा जेबीले काठमाडौं युरोलाई १४–८ ले पराजित गरे। ल्यान्डमार्ककी अन्जली राईले ८ तथा जेबीकी मेनुका थारुले ६ स्कोर गरे।

अन्य प्रतिस्पर्धामा भ्याली पब्लिकले हिमशिलालाई १७–१०, तेजस्वी एकेडेमीले पारामाउन्ट एकेडेमीलाई २५–१२, ह्वाइट हेभेनले ज्ञानोदयलाई १०–४ र केभीकेएसएस ‘ए’ ले बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० लाई ३३–२४ ले पाखा लगाए।

भ्याली पब्लिककी सपना गिरीले ६, तेजस्वीकी एस्थर बरुवालले १२, ह्वाइट हेभेनकी सेवान्तिका योञ्जनले ४ र केभीकेएसएस ‘ए’ एनी श्रेष्ठले १० अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको