कबड्डीको वार्षिक साधारण सभा: ४ करोड ६० लाख बजेट पारित


काठमाडौं। अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे। साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ।

साधारण सभाले आ।व। २०८२÷८३ का लागि ४ करोड ६० लाख बजेट समेत पारित गरेको महासचिव अरविन्दकुमार झाले जनाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको