भ्याली पब्लिक र इबीए उपाधिनजिक


काठमाडौं। भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले आयोजक केभीकेएसएस ‘ए’ २३–१४ ले पराजित ग¥यो। भ्याली पब्लिककी दृष्य गुरुङले १० स्कोर गरिन्। भ्याली पब्लिककी सोनी तामाङ ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

इबीएले ल्यान्डमार्क एकेडेमीलाई १९–११ ले हरायो। इबीएकी मेनुका मगरले ८ अंक जोडिन्। इबीएकी अनामिका पटेल ‘प्लेयर अफ दि म्याच’ चुनिइन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको