पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न


पोखरा। नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्षसहित पश्चिम पृतना हेडक्वाटरमा एकदिने गोष्ठी सम्पन्न भएको छ।

सोमबार आयोजित “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार प्रमुख चुनौती भएको औँल्याए।

कार्यक्रमका प्रमुख अतिथि पृतनापति उपरथी भोलानाथ थापाले गोष्ठीबाट प्राप्त सुझावलाई आत्मसात गर्दै नीतिगत विषयमा सम्बन्धित निकायमा पहल गरिने बताए। गोष्ठीमा नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै एसियन तथा ओलम्पिक स्तरको पदक लक्ष्यसहित थप लगानी गर्नुपर्नेमा जोड दिइएको थियो।

गोष्ठीमा राष्ट्रिय खेलकुद परिषद ९राखेप० का वोर्ड सदस्य डा। मधुसूदन सुवेदीले “राष्ट्रिय खेलकुदको विकासका लागि राष्ट्रिय खेलकुद परिषदको नीति तथा कार्यक्रम” विषयमा प्रस्तुतिकरण गरे। त्यस्तै, नेशनल ओलम्पिक एकेडेमीका अध्यक्ष तेज गुरुङले “ओलम्पिक अभियान, नेपाली खेलकुद र नेपाली सेना” तथा पश्चिम पृतना हे।क्वा।का सेनानी हुमान सिंह कुँवरले “नेपाली खेलकुदको विकासमा नेपाली सेनाको योगदान तथा वर्तमान अवस्था” बारे प्रस्तुति दिएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको