जेबी र बीएनएको विजयी सुरुआत

काठमाडाैं। आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन्।

बूढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले पराजित ग¥यो। जेबीको जितमा गौरव ओलीले ८ अंक योगदान गरे। विकास विष्टको ६ अंक सहयोगमा बीएनएले त्रिवेणीलाई ३२–२० ले हरायो।

जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३५–२५ तथा नेचरले ओएसिस् एकेडेमीलाई १८–१५ ले पाखा लगाए। लालीगुराँसका सुवास शाहीले १० तथा नेचरका सरोज गुरुङले ६ अंक जोडे।

सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले जेबीलाई २७–२५, फेरिल्यान्डले बीएनएलाई ३६–२५, ग्रिनल्यान्डले आरम्भलाई ३४–२० र बेलमोन्टले त्रिवेणीलाई १६–१० ले पाखा लगाए। इबीएकी मेनुका मगरले ८, फेरिल्यान्डकी सन्दिपा राईले १३, ग्रिनल्यान्डकी दीक्षा पाण्डेले १६ र बेलमोन्टकी खुशी तामाङले १० स्कोर गरे।

प्रतियोगिताको पूर्व मन्त्री रेशम लामा, आयोजक विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद ओस्ती र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलानले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे। माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी २४ टिम सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको