काठमाडाैं। इरानका फौलाद क्लबले श्रीलंकाका हिर्दारामानी क्लबलाई ३–० को सोझो सेटले हराउँदै काभा महिला लिग भलिबलको फाइनलमा स्थान बनाएको छ।
माल्दिभ्सको मालेस्थित शोसियल सेन्टर इन्डोर हलमा साेमबार सम्पन्न सेमीफाइनलमा फौलादले हिर्दारामानीलाई सोझो सेटले हराउँदै फाइलन प्रवेश गरेको हाे।
प्रतियोगिताकै सबैभन्दा बलिया टिम फौलादले हिर्दारामानीलाई सुरुदेखिनै दवाबमा राख्दा २५–१२, २५–९ र २५–१६ को झिनो अंकमै पाराजित गर्न सफल भए।
आजै हुने अर्को समीफाइनलमा नेपालका नेपाल पुलिस क्लवले काजाकिस्तानका तुरान भलिबल क्लबसँग भिड्दै छ।


