काठमाडौं। पाकिस्तानले आईसीसी टी–२० विश्वकपमा भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ।
भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा अब भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा आमनेसामने हुने भएका छन्।
पाकिस्तान सरकारले मित्र राष्ट्रहरूको आग्रह र हालसम्म भएका छलफललाई ध्यानमा राख्दै खेल्न अनुमति दिएको जनाएको छ। पीसीबी, बीसीबी र आईसीसीबीच भएको निरन्तर संवादपछि बहिष्कारको निर्णय फिर्ता लिइएको हो।
यस्तै, आईसीसीले बंगलादेशमाथि कुनै जरिवाना नलगाउने र आगामी चक्रमा थप प्रतियोगिता आयोजना अधिकार दिने निर्णय गरेपछि स्थिति सहज बनेको बताइएको छ।


