काठमाडौं। नाम्चे युथ क्लब १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित ग¥यो। नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे। आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए। ओसिन ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सेमिफाइनलमा नाम्चेको भेट खुम्जुङ युथ क्लबसंग हुनेछ भने आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले खुम्बु युनाइटेड क्लबको सामना गर्ने छ। दुवै सेमिफाइनल शुक्रबार हुनेछ।


